सिप्रदीद्धारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापन सम्बन्धी तालिम प्रदान


काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौँ उपत्यका प्रहरीहरूलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन सम्बन्धी तालिम दिएको छ।

तालिममा विद्युतीय गाडीसम्बन्धी जानकारी, सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरूबारे विस्तृत रूपमा जानकारी गराइएको छ।

गत चैत ५, १३, १९ र २३ गते आयोजना भएको उक्त कायक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरू सहभागी थिए।

तालिमपछि सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरूलाई प्रमाणपत्र वितरण गरे।