अधिकांश बैंकले ब्याजदर घटाए


काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले वैशाख महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वैशाख महिनाको लागि १३ ओटा वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ५ ओटा बैंकहरुको ब्याजदर स्थिर रहेको छ । दुई ओटा वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् ।

वैशाख महिनाको लागि एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर बढाएका छन् । एभरेष्ट बैंकको ब्याजदर ७ प्रतिशत रहेको छ भने एनएमबी बैंकको ब्याजदर ७।९७ प्रतिशत रहेको छ ।

वैशाख महिनाको लागि कृषि विकास बैंक, स्ट्या चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र हिमालय बैंकको ब्याजदर स्थिर रहेको छ ।

वैशाख महिनाको लागि कृषि विकास बैंक ५।६६६१ प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंक ७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७ प्रतिशत, नबिल बैंक ७।२५ प्रतिशत र हिमालय बैंकको ब्याजदर ७।५ प्रतिशत रहेको छ ।

नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कर्मशियल बैंक, सानिमा बैंक, सिद्धार्थ बैैंक, माछापुच्छ«े बैंक, कुमारी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र एन आई सी एशिया बैंकले ब्याजदर घटाएका छन् ।

नेपाल एसबिआई बैंकको ६।५३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६।५५ प्रतिशत, नेपाल बैंकको ६।७५ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७ प्रतिशत, प्राइम कर्मशियल बैंकको ७।१ प्रतिशत, सानिमा बैंकको ७।१ प्रतिशत, सिद्धार्थ बैैंक ७।२५, माछापुच्छ«े बैंक ७।२५, कुमारी बैंक ७।२६, सिटीजन्स बैंक इन्टरनेशनलको ७।५ र एन आई सी एशिया बैंकले ७।९७ ब्याजदर घटाएका छन् ।