नेपालकाे राष्ट्रिय फल सुन्तला


काठमाडाैँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिएको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको उनले बताइन् । उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको उल्लेख गरिन् । सरकारले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको उनले उल्लेख गरिन् । मानव अधिकारवादी मनोविज्ञान व्यक्ती, विधि विज्ञानव्यक्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रिया सम्बन्धी व्यक्तिहरु मध्येबाट देहाय बमोजिम सदस्यहरु रहने व्यवस्था रहेको बताइन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य,स्टेला तामाङ सदस्य अन्तर्गत सिफारिस समिति बनेको उनले उल्लेख गरिन्र ।

सरकारले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिदुत पदमा नियुक्ति गरेको छ ।