अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छः उपप्रधानमन्त्री यादव


काठमाडाैँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

.शुक्रवार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री यादवले महामारी, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना तय गरी कार्यान्वयनमा लगिएको पनि बताए । उनले वडा तहसम्म नै आँखाको उपचारमा पहुँच पु¥याउन राष्ट्रिय आँखा स्वास्थ्य नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि उल्लेख गरे । उपप्रधानमन्त्री यादवले जनताको पोषणको अवस्था सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए । 

उपप्रधानमन्त्री यादवले सरकारले गरिव नागरिकका लागि उपचारको सेवामा पहुँच पु¥याउन सक्दो पहल गरिरहेको बताए ।