मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न


काभ्रे । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् । साथै सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् । सभाले आ.व. २०८०।०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

स्थापनाको पाँच वर्ष पूरा गरेको संस्थाले गत आ.व. सम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखा मार्फत ३४२४९ जना सदस्यहरुमा सेवा प्रदान गर्दै आएको छ ।