झिनो अंकले घट्यो नेप्से, ३ अर्ब माथिको कारोबार


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा सानिमा माई हाइड्रोपावर लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७४५ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२० कम्पनीको ७७ लाख ९५ हजार ०२३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।