सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ। सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । आइतबार १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।