१६ अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा नाग्दी ग्रुप पावर लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २९५ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा माछापुच्छे« डिबेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०९ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन गुराँस लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।