मंगलबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।