प्रतितोला एक लाख ४० हजारको नजिक पुग्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको १७०० रुपैयाँ बढेर तोलाको एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख ३८ हजार ५५० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेर तोलाको १७५० रुपैयाँमा कारोबार भइरहेको छ ।