नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा


काडमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने जनाइएको छ ।