प्रभु बैंकको नयाँ शाखा पोखराको नयाँगाउँमा


काठमाडौँ । प्रभु बैंकले पोखराको नयाँ गाउँमा ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा शाखा सञ्चालनमा ल्याएको हो।

बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेकी हुन् ।

बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै गौचनले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताइन् ।