नेप्सेको ओरालो यात्रा कायमै, मंगलबार १४ अंकले घट्यो


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्से गोर्खा फाइनान्स लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १६३ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा एसबिल डिबेन्चर २०८९ र गार्खा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत र ९.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन रुरु जलविद्युत् परियोजना लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।