हाम्रो नयाँ कृषि सहकारी ठगी आरोपीविरुद्ध मुद्दा नचल्ने


काठमाडौँ । काठमाडौँको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरू रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा नचल्ने निर्णय गरेको हो ।

सरकारी वकिलको कार्यालयको निर्णयअनुसार पक्राउ परेका तीन जना हाम्रो नयाँ कृषि सहकारी उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नविन अछामीलाई प्रहरीले थुनामुक्त गरेको हो ।

सहकारी पीडित उजुरीकर्ताको रकम पिर्ता भए पनि उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालय पठाएको थियो ।