महालेखापरीक्षकमा तोयम राया नियुक्त


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपतिले विहिबार रायालाई नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरेको जानकारी दिए ।