६२० किमी रेन्ज दिने स्काईवेलको एसयूभी ईटी ५ सार्वजनिक, कति पर्छ मूल्य ?


काठमाडौँ । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रूपमा चाईनाको ब्रान्ड स्काईवेल प्रीमियम ईभी एसयूभी ईटी ५ नेपालमा सार्वजनिक गरेकाे छ ।

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ङ्ग प्राप्त रियल इभी एसयूभी आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुम सार्वजनिक गरेकाे हाे ।

समुदघाटन साथ ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ। डा.लेखजंग थापा, डिल्लीराम आर्याल, महेश श्रेष्ठ, अर्जुन श्रेष्ठ, पुण्य प्रसाद ढकाल, पुकार मल्ल, निशा श्रेष्ठ, सुरेन लिम्बु र बिजय यादवले गाडी खरिद गरेका हुन् ।

उक्त समारोहबिच नेपाल स्थित चिनिया दुतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु स्काईवेल न्यु ईनर्जी भेइकलका चिनिया प्रतिनिधि थोमस जुर जी मोटर्स प्रालि अध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रूपमा शोरुमको समुदघाटन गरि गाडिको सार्वजनिक गरेका थिए ।

नाडाबाट औपचारिक बुकिङ्ग एवम् ब्रान्डको बिक्री शुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एबम नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र ८ किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने कम्पनीले जनाएकाे छ ।

गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ बर्षको निःशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा वैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए ।

कम्पनीका अनुसार विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्‌दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा विक्री हुँदै आएको छ ।

स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध रहेकाे कम्पनीकाे दाबी छ।

कम्पनीका अनुसार स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो ।

स्काईवेल ईटि ५ को नेपाली बजार मुल्य १ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीले जनएको छ ।