नेपालमा उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यातका लागि सहज वातावरण बनाउन माग


काठमाडौँ । जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरूले नेपाली उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यातको सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

बिहीबार जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरूले बागमती प्रदेश सरकारसँग यस्तो माग गरेका हुन् । व्यवसायीहरुले स्वदेशी नेपाली जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भर रहेको भन्दै विदेश निर्यातको लागि संघ र प्रदेश सरकारले उचित वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उद्योगीहरुले नेपाली जुत्ता चप्पल उद्योगीहरुले कच्चा पदार्थ, बजारीकरण, निर्यातका लागि गुणस्तरका विषयमा समस्या रहेको भन्दै सरकारले नेपाली उत्पादनको प्रोत्साहन र प्रवर्द्धन गरी निर्यातको लागि सहजिकरण गर्न माग गरे ।

उनीहरुले बजारीकरणको लागि संघ, प्रदेश र स्थानीय निकायहरुका कर्मचारीहरूले प्रयोग गर्ने जुत्ता स्वदेशी उत्पादन अनिवार्य बनाउने गरी नीति बनाउन पनि माग गरे ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपाने नेपाली उत्पादन जुत्ता बिक्रीवितरण,उत्पादन गर्ने दक्ष जनशक्ति,नेपाली ब्राण्डिङ जुत्तालाई गुणस्तरिय छ भनेर चिनाउने काममा बागमती प्रदेश सरकारले सहयोग गर्न माग गरे ।

उनले सरकारको प्रतिवद्धताले राष्ट्रियता र आत्मियता बढाउने र व्यवसायीको आत्मवल उच्च हुने दाबी गरे । उनले सरकारले सहज वातावरण बनाउँदा मात्रै उत्पादन वृद्धि हुने अवस्था रहेको बताए । अध्यक्ष न्यौपानेले फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनले सिंहदरबारमा नेपाली जुत्ता अभियान चलाउन लागेको बताए ।

उनले सरकारले सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ताहरु नेपाली उत्पादन लगाउनु पर्ने नीति नियम ल्याउन आवश्यक रहेको बताए । उनले त्यसको शुरुवात वागमती प्रदेश सरकारबाट गर्न माग गरे ।

‘नेपाली उत्पादन जुत्ता बिक्रीवितरण,उत्पादन गर्ने दक्ष जनशक्ति,नेपाली ब्राण्डिङ जुत्तालाई गुणस्तरिय छ भनेर चिनाउने काममा वागमती प्रदेश सरकारले सहयोग गर्नु आवश्यक छ । सरकारको प्रतिवद्धताले राष्ट्रियता र आत्मियता बढाउने भएकाले सिंहदरबारमा नेपाली जुत्ता अभियान चलाएका छौं’, उनले भने, ‘त्यसको नेतृत्व वागमती सरकारले गर्नुपर्छ । सरकारले सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ताहरु नेपाली उत्पादन लगाउनुपर्ने नीति नियम ल्याउन आवश्यक छ । त्यसको शुरुवात वागमती प्रदेश सरकारबाट हुन आवश्यक छ ।’

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले विभिन्न समस्याकाबीचमा ९ करोड फुटवयेरको माग रहेको बताए । उनले उत्पादन पूर्वाधारको आधारमा १६ करोड जुत्ताचप्पल उत्पादन गर्ने क्षमता रहे पनि विभिन्न नीतिगत र बजारीकरणको समस्याको कारण उत्पादन क्षमता भन्दा ६० प्रतिशत मात्रै उत्पादन भइरहेको बताए ।

उनले अहिले ६ करोडसम्म उत्पादन गरेर बिक्री वितरण गरिएको बताए । उनले साना र सिमित उद्योगीहरुले मात्रै उत्पादन गरी रहेकाले आधा मात्रै उत्पादन भइरहेको बताए । उनले साना व्यवसायीहरु भएकाले बजारीकरण गर्न ज्ञान, सीपको अभाव र पुँजीको कारणले बजारिकण गर्ने समस्या रहेको बताए ।

उनले सरकारले निर्यातको दायरा बनाउनको लागि प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले १५ सय उद्योगबाट उत्पादन भएका वस्तुहरु धेरै निर्यात गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि साँघुरिएर बस्न बाध्य रहेको बताए । उनले बजारको हिंसा कभर गर्ने वातावरणको लागि सरकारले नेपाली उत्पादनको प्रवर्द्धन गर्न माग गरे ।

‘विभिन्न समस्याकाबीचमा पनि ९ करोड जति फुटवयेरको माग हुुँदा उत्पादन पूर्वाधारको आधारमा १६ करोड जुत्ताचप्पल उत्पादन गर्ने क्षमता छ । तर अहिले जम्मा ६ करोडसम्म उत्पादन गरेर बिक्री वितरण गरिएको छ । उत्पादन क्षमता १६ करोड हुँदा पनि ६ करोड मात्रै उत्पादन साना र सिमित उद्योगीहरु छौं’, उनले भने, ‘जसले बजारिकरण गर्न ज्ञान अभाव सीप र पूँजीको कारणले गर्दा बजारिकण गर्ने समस्या छ । निर्यातमा केही व्यवसायी मात्रै छन् । तथ्याङ्क हेर्ने हो भने एउटा उद्योगको तथ्याङ्क हो । यस्ता १५ सय उद्योग छन् । निकासी गर्ने वातावरण बन्ने हो भने दायरा बढ्ने थियो । धेरै सम्भावना हुँदा हुँदै पनि साँघुरिएर बस्न बाध्य छौं । बजारको हिंसा कभर गर्ने वातावरणको लागि नेपाली उत्पादनको प्रवद्र्धनको खाँचो छ ।’

कार्यक्रममा वागमती प्रदेश सरकारका उद्योग, वाणिज्य र प्रशासन मन्त्री प्रकाश श्रेष्ठले संघीयताको अभ्यास सुरु भएको ६ वर्ष पूरा भएपनि संघ र प्रदेश सरकारबीच समन्वय हुन नसक्दा उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धन गर्न नसकिएको बताए । उनले उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धनको लागि संघीय मन्त्रीसँग पनि छलफल गर्ने जानकारी दिए ।

उनले संघ र प्रदेश मन्त्रालयको अधिकार बाँडफाडमा समस्या रहेको बताए । उनले फुटवयेरको विकास प्रवद्र्धन गर्ने वर्तमान समस्या समाधानको लागि आवश्यक पहल गर्ने बताए । उनले गुणस्तर वस्तु बनाउँदा पनि बजार विदेशी जुत्ताचप्पल आयात गर्नुपर्ने समस्या रहेको बताए । उनले दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने समस्या,नयाँ–नयाँ प्रविधिहरुको व्यवस्थापन गरी उत्पादन गर्न समस्या देखिएको बताए ।

उनले बागमती प्रदेशको उद्योग वाणिज्य मन्त्रालयले फुटवयेर क्षेत्रको विकास प्रवर्द्धन गर्नको लागि गर्नुपर्ने काम लिखित रुपमा माग गर्नु आग्रह गरे । मन्त्री प्रदेश सरकारले बजेट व्यवस्थापन गरी समावेशी र सन्तुलित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।