बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन


काठमाडौँ । ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले उक्त ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

रोयल इन्फिल्ड सर्भिसका नेसनल बिजनेस हेड सञ्जयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले संयुक्त रूपमा उक्त ट्रेनिङ सेन्टरको उद्घाटन गरेका हुन् ।

कम्पनीका अनुसार, उक्त ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डको जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनेछ भने, फ्रिलेन्स मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्युनिटी, मोटो–भ्लगररमोटो–ब्लगररमोटो जोर्नालिस्टलाई समेत ट्रेनिङ प्रदान गरिनेछ । यस ट्रेनिङबाट दक्ष जनशक्ति उत्पादन हुने लक्ष्य एवं विश्वास कम्पनीले लिएको छ ।