धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

सुप्रिम सहकारी ठगी प्रकरण


काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले शुक्रबार पुनलाई ४ लाख धरौटीमा छाडने आदेश दिएको थियो ।

तर, पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतले जनाएको छ ।

पुनसँगै नविन अछामीले पनि धरौटी जम्मा गर्न नसकेपछि जिल्ला कारागार रुपन्देही चलान भएका छन । नविनलाई १४ लाख धरौटी जम्मा गर्न सकेनन ।

अदातलको आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, सहकारीका सविच दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी धरौटी तोकिएको हो ।

न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकोमा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए ।

उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।