कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ३३ प्रतिशतले घट्यो


काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफामा ३३.०८ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा बैंकले ८७ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको खुद नाफा १ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

गत वर्ष समिक्षा अवधीमा खुद ब्याज आम्दानी ६ करोड १६ लाख रुपैयाँ रहेकोमा यस वर्ष सोही अवधिमा ६.९५ प्रतिशतले बढेर खुद व्याज आम्दानी ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद सञ्चालन आम्दानी २२.४४ प्रतिशतले घटेर ३ करोड २६ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिसम्म बैंकको कर्मचारी खर्च १ करोड १९ लाख र अन्य सञ्चालन खर्च ६६ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

बैंकको रिटेन्ड अर्निङ ५ करोड ११ लाख रुपैयाँबाट घटेर ३ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ ।

१६ करोड ५ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर १७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । १ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ४.१८ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१.६६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४४.६७ रुपैयाँ रहेको छ ।