सुनको मूल्य स्थिर, चाँदी बढ्यो


काठमाडौँ । आज आइबार बजारमा सुनको मूल्य स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबार प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहि सोही मूल्यमानै कारोबार हुने महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको विवरण अनुसार आज चाँदीको मुल्य भने बढेको छ । आइतबार चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा २० रुपैयाँ बढेर तोलाको १७४० रुपैयाँ रहेको छ।