६ हजारबढीले अवलोकन गरेर सकियो सेकेन्ड ह्यान्ड सवारी साधन मेला


काठमाडौँ । ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निवल तथा लिस्टिङ बजार अटो शो २०२४ सम्पन्र भएको छ । सरल सेलरस क्रेडिट एडभाइजरी प्राइभेट लिमिटेडको आयोजनामा वैशाख ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा भएको उक्त अटो शो सम्पन्र भएको हो ।

उक्त मेलामा ६ हजार एक सय १० जना अवलोकनकर्ताले अवलोकन गरेको मेला संयोजक च्रक खड्काले जानकारी दिए । आर्थिक शिथिलताकाबिच आयोजना गरिएको सेकेन्ड ह्यान्ड सवारी मेला निकै आकर्षण रहेको र व्यवसायीहरूले राम्रै व्यापार गरेको खड्काको भनाइ छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी ३२ वटा स्टल र ब्लकहरू रहेका थिए । अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहेको थियाे ।

मेलामा एपोलो टायरयकाे १०, पिटस्टपले २५०, सेगवेकाे ४, केटिएमकाे ३४०, बेनेलीकाे २, नियूकाे ६, एथरकाे १२, टोयटाकाे १, कियाकाे ५, सुजुकीकाे २, हाइगरकाे ३ र रेसिङ अटोमोबाइलकाे ८ वटा बाइक,स्कुटर तथा गाडीकाे बुकिङ्ग भएकाे आयाेजकले जनाएकाे छ ।

नयाँ वर्षको अवसरमा आयोजना गरेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैलाई फाइदा पुर्‍याएको मेला संयोजक खड्काले बताए ।

प्रदर्शनीको स्पोटिङ पार्टनरमा सहारा भेन्चर ग्रुप, टिकेटिङ पार्टनरमा प्रभु–पे, इन्स्यारेन्स पार्टनरमा आइजीआइपी, फुड एन्ड बेभरेज पार्टनरमा स्काई ल्याण्ड लाउन्ज एन्ड बार, क्वालिटी एसोरेन्स पार्टनरमा मोटर होम नेपाल र मेरो मोटो, स्टन्ट पार्टनरमा स्टन्ट बम्स, सर्भिस पार्टनरमा पिटस्टप, फाइनान्स पार्टरमा तपाईको बजार रहेको थियो ।

त्यस्तै प्रोडक्ट पार्टनरमा सिएटसपि, इनटरनेट पार्टनरमा डिसहोम फाइबरनेट, ब्लुबुक रिनुअल पार्टनरमा स्मार्टसेवा, लोजिस्टक पार्टनरमा नेपाल क्यान मुभ, मोबीलिटी पार्टनरमा टयाक्सीमाण्डुतथा जुमजुम, इकमर्श पार्टनरमा हुलाकी, बेभरेज पार्टनरमा आरसीकोला, डिजिटल पार्टनरमा प्रमोशन नेपाल, लिस्टिङ पार्टनरमा लिस्टिङ बजार र टायर पार्टनरमा अपोलो टायर्स रहेको आयोजकले जनाएको छ ।