नेप्सेमा ३५ लाख कित्ता बढी बोनस सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षका लागि १ प्रतिशत बोनस सेयर र ८ नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।