दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये १२ ओटा ृउपसमुहको घटेको छ भने १ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार नेप्से गुराँस फाइनान्स लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३४७ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा पिपुल्स पावर लिमिटेडका सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ६.९१ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.३७ अंकले घटेको छ ।

कुल ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।