सिटिजन्स बैंकद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण


काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शारदा माध्यामिक विद्यालय धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको हो ।

अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र आर्थिक अवस्था सबल नभएको कारण विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने हेतुले विद्यालय पोशाक प्रदान गरेको बैंकले जनाएको छ ।

विद्यालयमा आज आयोजित एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेशराज पोखरेलले सामाग्रीहरु विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि सिइओ पोखरेलले विद्यार्थीहरु देशको भविष्यका कर्णधार भएकाले उनीहरुको पठनपाठनमा सहजकीकरण गरिएको बताए ।