विपद् जोखिम न्युनिकरणसम्बन्धि नियमावली संशोधन गर्ने सरकारको निर्णय


काठमाडाैँ । सरकारले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने भएको छ ।

सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयको प्रश्तावमा विपद् बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवलीकरण, पुर्नस्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी सो नियमावली संशोधन गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसैगरी बैठकले सांस्कृतिक संस्थानको संकलक पदमा काठमाडौंकी पूजा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको प्रश्तावलाई श्रेष्ठलाई ४ वर्षका लागि सो संस्थापनको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको बताइन् ।

त्यसैगरी मन्त्रीपरिषद् बैठकले २०८१ वैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूचि स्वीकृत पनि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा सो टोलीसँग छलफल गर्ने गरी वार्ता टोली समेत गठन गरिएको पनि मन्त्री शर्माले बताइन् । कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीस फ्र्रैक बराबरको अनुदान सहायता स्विकार गर्ने भन्ने निर्णय भएको छ 

सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकामा ग्रिन जब क्रियएशन थ्रु रिसाईकिलिङ एण्ड अपसाईट ईन परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९.८ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय समेत गरेको छ ।