सीइडीबी हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौं । सीइडीबी हाइड्रोपावरले ११.५७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

सोही लाभांश पारित गर्न कम्पनीले आगामी बैशाख ३१ गते वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने जनाइएको छ । कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्ने उल्लेख गरेको छ ।