श्रीनगर इण्डष्ट्रिज र बागमती कृषि सहकारी संघबिच सम्झौता, वित्तिय पहुँच र बजारीकरणमा सहयोग पुग्ने


काठमाडौँ । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लि. रुपन्देही र बागमती प्रदेश कृषि सहकारी संघबिच सम्झौता भएको छ ।

साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालनका लागि दुई संस्थाबिच एक कार्यक्रमकाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ग्रामीण कृषि सहयात्री छनौट गर्ने, श्री साना किसान कृषि केन्द्र स्थापना गर्ने, कृषकका लागि तालिम सञ्चालन गर्ने, वित्तिय पहुँच तथा बजारिकरणमा मद्दत गर्ने जस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन रहने संघका सञ्चालक रविलाल आचार्यले बताए।

बागमती प्रदेशमा रहेका कृषि सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई सेवा पु-याउने उद्देश्यले गरिएको सम्झौतापत्रमा श्रीनगर इण्डस्ट्रिजका अध्यक्ष सतिस चन्द्र श्रेष्ठ र केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम पाठकले हस्ताक्षर गरेका छन्।

प्रदेश सहकारी संघ बाहेक एकै पटक थप ९ ओटा साना किसान कृषि सहकारी संस्थासँग पनि श्रीनगरले साझेदारी कार्यक्रम सञ्चालनका लागि हस्ताक्षर गरिएको छ।

सम्झौता गर्ने सहकारीहरुमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सलाङ, भुमेस्थान, मुरलीभञ्ज्याङ, प्रतिबिम्ब, पारिजात, श्रीकृष्ण, पाथिभरा, दुईपिपल र चैनपुर रहेका छन् ।

श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेड विगत २२ वर्षदेखि कृषिक्षेत्र र किसानको एकिकृत सेवामा काम गरिरहेको छ ।

श्रीनगरले किसानलाई आवश्यक कुखुराको चल्ला उपलब्ध गराउनुका साथै माछा र कुखुराको पोषणयुक्त दाना समेत आवश्यकता अनुसार उत्पादन गर्दै आएको छ ।

कम्पनीले कृषिमा साझेदारी कार्यक्रम अनुसार श्री साना किसान कृषि केन्द्र मार्फत कृषकलाई पोषणयुक्त दाना, कृषि प्रविधि, प्राविधिक तालिम तथा अन्य सेवाहरु पनि प्रदान गर्ने गरेको छ।