टाटा मोटर्सको वैशाख १४ गतेदेखि ‘म्याक्सचेञ्ज’ मेला सुरू हुँदै


काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ। मेला वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको सोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो।

यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले बताएको छ।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन्।

यस मेलामा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुका साथै कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन इभी म्याक्स खरिद गरेर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ।