राष्ट्रपति पौडेलद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज

कतारी राजाको नेपाल भ्रमण


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका नेपाल आएका राजा थानीका लागि होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका हुन् । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको छ ।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।