शाओमीको नोट १३ सिरिजका अफरहरू जारी रहने


काठमाडौँ । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी फ्यानहरुको अनुरोधलाई सम्बोधन गर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको जनाएको छ । रेड्मी नोट १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

यस योजना अनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसै रेड्मी नोट १३ प्रो + ५ जि खरिद गर्ने ग्राहकहरुले भने रेड्मी बड्स ४ एक्टिभ मात्र रु १ हजार ६९९ मा वा रेड्मी वाच ३ एक्टिभ रु ३ हजार ४९९ मा प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

यस अफर अन्तर्गत रेड्मी नोट १३ प्रो को दुबै भेरियन्टहरुमा भने भारी छुटको व्यवस्था गरिएको छ । ८ जिबि+२५६ जिबि भेरियन्ट अब नेपाली बजारमा रु ३२ हजार ९९९ मा उपलब्ध छ जसको बास्तविक बजार मूल्य रु ३४ हजार ९९९ रहेको उल्लेख छ । त्यसैगरी १२ जिबि+५१२ भेरियन्ट रु ३५ हजार ९९९ मै उपलब्ध छ जसको बजारी मूल्य रु ३९ हजार ९९९ रहेको छ ।

नयाँ अफरको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी आफ्ना ग्राहकवर्गका लागि अफरहरु अझै लामो समयको लागि उपलब्ध गराउन पाउँदा निकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । चाहे रेड्मी बड्स ४ एक्टिभ को साथ उत्कृष्ट अडियो क्वालिटीको मजा लिन होस् वा रेड्मी वाच ३ एक्टिभ को साथ कनेक्टेड रहन होस्, हामीले हाम्रा ग्राहकहरूको दैनिक जीवन सहज बनाउने नवीन समाधानहरू प्रदान गर्ने लक्ष्य राखेका छौं ।”