कतारी राजा शेख र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

कतारी राजाको नेपाल भ्रमण


काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच आज भेटवार्ता भएको छ ।

भेटवार्ता होटल सोल्टीमा भएको हो । यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।

त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।