सपोर्ट लघुवित्तको खुद नाफा ९४.९१ प्रतिशतले बढ्यो


काठमाडौं । सपोर्ट लघुवित्तको खुद नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार ९४.९१ प्रतिशतले बढेर १ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ६३ लाख ३१ हजार खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ८९.३५ प्रतिशत बढेर १ करोड ९७ लाख १७ हजार पुगेको छ।

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २४.१० प्रतिशत बढेर ६ करोड ९६ लाख ७ हजार पुगेको छ भने सञ्चालन मुनाफा १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको चुक्ता पूँजी ९ करोड ५२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७७।९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।