सेयरबजारमा बुलको सुरुवात र अन्त्य कसरी हुन्छ ?


बुल र बियर यो सबै एक खेल मात्र हो । सुरुमा कुनै एक सेक्टरको केहि कम्पनिहररूले लय समाते जस्तो लाग्छ । अब यो सेक्टरले नै बुलको सुरुवात गर्यो भन्ने धेरैको अनुमान पनि हुन्छ तर सोचे जस्तो हुदैन । त्यो अनुमानित सेक्टर चाडै थाक्न पुग्छ र हेर्दा हेर्दै अर्को कुनै सेक्टरले नै बुलको सुरुवात गर्न पुग्छ ।

करिब ३ वर्षदेखि वियरिस बनेको सेयरबजारमा खासै उत्साह देखिएको छैन । लगानीकर्ताहरू बुलको पर्खाइमा छन् ।

नेपालको सेयरबजारको करिब ३० वर्षको इतिहासलाई हेर्ने हो भने बुलिस ट्रेण्ड र वियरिस ट्रेण्डको अवधि औसत ४ वर्षको रहेको देखिन्छ । २०७७ सालमा सुरु भएको पछिल्लो बुलिस ट्रेण्ड छोटो अवधिको रह्यो । २०७७ साल असोज कात्तिकदेखि सुरु भएको बुल एक वर्ष पनि टिक्न सकेन ।

११ सय अङ्कको हाराहारीमा रहेको नेप्से परिसूचक करिब एक वर्षको अवधिमा इतिहासकै उच्च ३२ सय अङ्कमा पुग्यो । २०७८ साल भदौदेखि पुनः वियरिस बनेको बजारले २३ सय अङ्क पार गर्न सकेको छैन ।

बुल र बियर यो सबै एक खेल मात्र हो । सुरुमा कुनै एक सेक्टरको केहि कम्पनिहररूले लय समाते जस्तो लाग्छ । अब यो सेक्टरले नै बुलको सुरुवात गर्यो भन्ने धेरैको अनुमान पनि हुन्छ तर सोचे जस्तो हुदैन । त्यो अनुमानित सेक्टर चाडै थाक्न पुग्छ र हेर्दा हेर्दै अर्को कुनै सेक्टरले नै बुलको सुरुवात गर्न पुग्छ ।

बुलको बिचसम्म नै यहि सुरुवाती सेक्टरले नै लिड गर्छ र यो सेक्टरलाई राम्रो टक्कर दिन खोज्ने कम्तिमा पनि २ सेक्टरहरू हुने गर्दछन भने बाँकी अरूले पछ्याउने काम गर्दछन् ।

बुलको बिचसम्म नै यहि सुरुवाती सेक्टरले नै लिड गर्छ र यो सेक्टरलाई राम्रो टक्कर दिन खोज्ने कम्तिमा पनि २ सेक्टरहरू हुने गर्दछन भने बाँकी अरूले पछ्याउने काम गर्दछन् ।

बुलको सेकेन्ड हाफ पछि खेलले अर्को मोड लिन्छ । जसरी सेकेन्ड हाफ पछि खेलमैदानको साइड परिबर्तन हुन्छ त्यसै गरि सेक्टरमा पनि परिबर्तन आउछ ।

सुरुमा जुन सेक्टरले बुलको सुरुवात गर्छ भनेर झुक्याएको थियो त्यसले चाही बुलको अन्त्य गर्ने गर्दछ ।

यो सबै खेल कसले खेल्छ ?
स्मार्ट मनि ले खेल्छ । यो खेल स्क्रिप्ट लेखे जस्तो नै लाग्छ तर यसको मेसो चाही बुलको अन्त्य पछि मात्र हुन्छ । यो खेलमा हामी कुनैबेला दर्शक जस्तै हुन्छौ भने कतिबेला च्याखे थाप्दै धेरथोर कमाइरहेका पनि हुन्छौ ।

हामीले कमाएको सबै हिसाब किताब स्मार्ट मनिले राख्छ र बुलको अन्त्यसम्म धेरैबाट त्यसको भर्पाइ ब्याज समेत उठाउने गर्दछ।

खेलको अन्त्य पछि के हुन्छ?

जब आफुले सोचे जस्तो खेल हुँदैन तब खेलमा धाधली भयो भन्दै मुख्य खेलाडी (स्मार्ट मनि) लाई गाली गर्नेहरुको भिड धेरै ठुलो हुन्छ । मुख्य खेलाडीहरू भने रेफ्री (नियामक निकाय)लाई खेल (बुल) को अन्त्य गर्दिन इसारा गर्दै मेडल लिएर खेल मैदान छोडिसकेका हुन्छन् । यो विजय जुलुसमा धेरै कमको मात्र सहभागिता हुन्छ जुन स्मार्ट मनि पनि चाहन्छ ।

खेल सकिएको जनाउ घन्टी बज्दा पनि धेरैले यसलाई विश्वास गर्दैनन् । समय थप्न माग गर्छन् । जब बुल सकिएर बियरको अन्त्य अन्त्यमा आइपुग्छ अनि मात्र आफ्नो हार स्विकार्छन् ।

हारपछिको खेलमैदानमा रुवाबासी धेरै विधारक रहन्छ । त्यो भिड त्यहि मुख्य खेलाडीहरू खेल मैदानमा कहिले प्रवेश गर्लान् भन्दै प्रतिक्षामा रहन्छ ।

सुरुमा खेल शान्त रुपमा चल्ने हुँदा समय सुनसान जस्तै हुन्छ । खेलको बिचतिर खेलमैदानमा भएको रोमान्चक हल्ला बाहिर धेरै परसम्म सुनिन्छ । यो हल्ला सुनेर पहिले बाहिर निस्केको भिड फेरी त्यहि गेटबाट भित्र छिर्न हतार गर्छ र खेलमा सामेल हुन्छ । उसले आफुसंगै धेरै नयाँहरुलाई पनि प्रवेश गराउछ ।

धैर्यको सीमा नै नाघिसक्यो भन्दै होहल्ला गर्दै भिड बाहिर निस्किरहेको हुन्छ भने त्यहि समयमा कसैले थाहा नपाउने गरि अर्को गेटबाट ‘स्मार्ट मनि’को प्रवेश हुन्छ र अर्को खेल सुरु हुन्छ ।

सुरुमा खेल शान्त रुपमा चल्ने हुँदा समय सुनसान जस्तै हुन्छ । खेलको बिचतिर खेलमैदानमा भएको रोमान्चक हल्ला बाहिर धेरै परसम्म सुनिन्छ । यो हल्ला सुनेर पहिले बाहिर निस्केको भिड फेरी त्यहि गेटबाट भित्र छिर्न हतार गर्छ र खेलमा सामेल हुन्छ । उसले आफुसंगै धेरै नयाँहरुलाई पनि प्रवेश गराउछ ।

यो पटक त ज्यान गए पनि झुक्किन भनेर जित्ने बाचा पनि गर्छ तर स्मार्ट मनिले यो पटक आफ्नो पुरानो खेल्ने शैली नै परिवर्तन गर्दिन्छ र फेरी पनि मेडल उचालेर अर्को गेटबाट सजिलै बाहिर निस्किन्छ । फेरी त्यो भिडको कथा उसैगरी दोहोरिन्छ ।
सबै खेलहरूको खेल्ने तरिका मात्र फरक हुन्छ भने सुरु र अन्त्यको दृश्य भने उस्तै नै रहने गर्दछ ।

यसर्थ हाम्रो बजारमा पनि पहिलेका सबै बुल र बियरहरूलाई अहिलेको परिस्थितिसँग तुलना गर्ने हाे भने यो खेल अझै राम्रोसंग बुझ्न सक्नुहुन्छ । यो खेलमा नियम छैन तर भनिएजस्तो बुझनको लागि त्यति सजिलो भने मानिदैन ।

(लेखक सुवास चन्द्र ढुंगाना सेयर बजारका प्राविधिक विश्लेषक हुन्)