राष्ट्र बैंकको स्थापना दिवस: धेरै रेमिट्यान्स भित्राउने कम्पनीलाई सम्मान


काठमाडौं । नेपाल राष्ट्र बैंकले सबैभन्दा धेरै रेमिट्यान्स पठाउने बाणिज्य बैंक र रेमिट्यान्स कम्पनीहरुलाई सम्मान गरेको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकउत्सवको अवसरमा बैंकले सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने तीन वाणिज्य बैक र ३ रेमिट्यान्स कम्पनीहरुलाई सम्मान गरेको हो ।

सम्मान पाउनेमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंक रहेका छन् भने रेमिट्यान्स कम्पनीहरुमा इसेवा मनि ट्रान्सफर, सिटी एक्सप्रेस, आइएमआई मनि ट्रान्सफर कम्पनी रहेका छन् । राष्ट्रबैंकले सबैलाई सम्मान गर्दैै प्रशंसा पत्र हस्तान्तरण गरेको हो ।

नेपाल भित्रिएको कुल रेमिट्यान्स मध्ये ग्लोबल आइएमआई बैंकले २१.१ प्रतिशत , हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत रेमिट्यान्स भित्राएको राष्ट्रबैंकले जनाएको छ ।

त्यस्तै रेमिट्यान्स कम्पनीहरुमध्ये आइएमआई मनि ट्रान्सफरले २७.५ प्रतिशत, सिटी एक्सप्रेसले १४.९ प्रतिशत र इसेवा मनि ट्रान्सफरले १२.१ प्रतिशत रेमिट्यान्स भित्राएको राष्ट्रबैंकले जनाएको छ ।