नेप्से १४ अंकले बढ्यो, फाइनान्समा झुम्मिए लगानीकर्ता


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयरमापक सूचक नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ट्रेडिङ उपसुमह बाहेक सबै उपसुमहको सेयरमूल्य बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा मल्टिपर्पोज फाइनान्स लिमिटेड अग्रस्थनमा रहेको छ । कम्पनीको १० करोड ९८ लाख ९१ हजार ८ सय २ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा प्रग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

त्यस्तै आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल ३०८ कम्पनीको ६८ लाख १४ हजार ४ सय १३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।