०.०७ अंकले बढ्यो नेप्से, २ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनोअंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयरमापक सूचक नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ उपसमुहको सेयरमूल्य बढेको छ भने ९ उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा पोखरा फाइनान्स लिमिटेड अग्रस्थनमा रहेको छ । कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५५२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स लिमिटेड र नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

कुल ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।