तीन अर्ब लगानीमा चीनको सिएन गोल्ड ड्रागनले नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने


काठमाडौँ । चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको छ । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा तीन अर्ब रुपैयाँ लगानीको समझदारी गरेको हो ।

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससँग एमओयू गरेको छ । सम्झौता कार्यान्वयन भएमा वार्षिक पाँच हजारभन्दा बढी विद्युतीय सवारी उत्पादन हुनेछ ।

सम्झौताअनुसार चीनको कम्पनीले नेपालमा सवारी उत्पादनका लागि ३ अर्ब लगानी गर्नेछ । प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको छ । कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्ने छ ।