नेप्सेमा २५ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब माथि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका १३ उपसुमहमध्ये फाइनान्स उपसमुह बाहेक सबै उपसमुहमा वृद्धि भएको छ ।

मंगलबार कारोबार रकमको आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड २४ लाख ८१ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।