कृषि, वन तथा मत्स्य क्षेत्रको वार्षिक वृद्धिदर ३.०५ प्रतिशत पुग्ने अनुमान


काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकको कृषि, वन तथा मत्स्य क्षेत्रको वार्षिक वृद्धिदर ३.०५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०\८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै उक्त अनुमान गरेको हो ।

त्यस्तै धान लगायतका वर्षे बालीको उत्पादनमा भएको वृद्धि तथा पशुपक्षीजन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु) मा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने प्रारम्भिक अनुमान गरिएको छ।

गत आर्थिक वर्ष २०७९\८० मा यस क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरि आर्थिक वर्ष २०७८\७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत कायम गरिएको छ।