आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने


काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८० ८१ मा ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो ।

गत आर्थिक वर्षको आधारभुत मूल्यको आर्थिक वृद्धि १.९५ प्रतिशत हुने संशोधित अनुमान रहेको छ भने आर्थिक वर्ष २०७८ ७९ मा ५.६३ प्रतिशत कायम रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८०/८१ मा ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको छ । गत आर्थिक वर्ष अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने तथ्यांक कार्यालयको संशोधित अनुमान रहेको छ ।