बुधबार घट्यो सुनको मूल्य


काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितो २० रुपैयाँले घटेर १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।