सिंगटी हाइड्रोको १.४५ करोड हकप्रद सेयर नेप्सेमा सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा १ करोड कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

कम्पनीले गत फागुन २ गतेबाट २२ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि १ः१ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद जारी गरेको थियो । सोहि हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।