नेप्सेमा ७ अंकको गिरावट, ४ अर्ब माथिको कारोबार


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुह बढेका छन् भने बाँकी ११ वटा उपसमुहमा गिरावट आएको छ ।

बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा आइएमआई लाइफ इन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ७७ लाख रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ३ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ३ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।
कुल ३०८ कम्पनीको ९४ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।