भारतमा बजाज अटोले ल्यायो ‘पल्सर एनएस ४०० जेड’, कति पर्छ मूल्य ?


काठमाडौँ । भारतको दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बजाज अटोले लामो प्रतिक्षापछि ‘पल्सर एनएस ४०० जेड’ बिक्रीको लागि आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

सार्वजनिक भएकाे पल्सर एनएस ४०० जेड मा ३७७ सिसी सिंगल-सिलिन्डर इन्जिन रहेको छ, जसले ८८०० आरपिएममा ४० पिएस पावर र ६५०० आरपिएममा मा ३५ एनएम को अधिकतम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ । यो बाइक १५४ किलोमिटर प्रतिघण्टाको टप स्पीडमा चल्न सक्ने कम्पनीको दाबी छ । यसमा १२ लिटरको इन्धन ट्याङ्की रहेको छ ।

कम्पनीले यसको एक्स शोरुम मूल्य १ लाख ८५ हजार भारु राखेको छ । यो मूल्य बजाज डोमिनार ४०० भन्दा ४५ हजार ८१५ भारु कम र पल्सर एन२५० भन्दा ३४ हजार १७१ रुपैयाँ मात्र बढी रहेकाे छ, जसले यसलाई ४०० सीसी सेग्मेन्टमा सबैभन्दा सस्तो स्ट्रिट-नेकेड मोटरसाइकल बनाएको छ।

कम्पनीका अनुसार बाइकको बुकिङ सुरू भइसकेको र ग्राहकले ५००० भारु टोकन मनी तिरेर अनलाइन वा आफ्नो नजिकको डिलरसिपमा गएर बुकिङ गर्न सक्नेछन् । स्पोर्टी ४०० सीसी सेग्मेन्टमा यो बाइकले केटीएम ड्युक ३९०, ट्राइम्फ स्पीड ४००, टिभिएस अपाचे आरटीआर ३१० र हस्कवर्ना स्वार्टपिलेन ४०१ सँग प्रतिस्पर्धा गर्ने छ ।