आइतबार २४ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुह बढेका छन् भने बाँकी ११ वटा उपसमुहमा गिरावट आएको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड ६४ लाख ९९ हजार ७५३ रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.५६ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९२ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।