सोमबार १५ अंकले घट्यो नेप्से, २ अर्ब ८१ करोड रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक वटा उपसमुह बढेको छ भने बाँकी १२ वटा उपसमुहमा गिरावट आएको छ ।

सोमबार नेप्सेमा कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ३१ करोड ९८ लाख ३० हजार ९४२ रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बोटलर्स नेपाल (तराई) का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.०३ प्रतिशतले बढेको छ ।

त्यस्तै आज पोखरा फाइनान्स र डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।