रास्वपा संसदीय दलको बैठकः बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भुमिकाबारे छलफल गरेको छ ।

मंगलवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल भएको सांसद मनिष झाले बताए । उनले छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रश्तुत हुने बारेमा छलफल भएको बताएका हुन् ।

राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्नेगरी अघि बढ्ने बारेमा छलफल भएको उनले बताए । उनले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको उनकाे भनाइ छ ।

साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको उनले बताए । उनले गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रश्तुतीलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको पनि उल्लेख गरे । बैठकमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको उनले बताए ।

सबै राजनीतिक दलहरु स्वीकार गर्ने र सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने छानबिन समिति बनाउने निस्कर्षमा पुगे सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने उनकाे भनाइ छ।