घोषित लाभांश रद्द गर्ने सिटिजन लाइफको निर्णय


काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश रद्द गर्ने निर्णय गरेको छ ।

नेपाल बिमा प्राधिकरणले सिटिजन लाइफको प्रस्ताव भएको लाभांश घोषणा तथा वितरण नगर्न निर्देशन दिएका कारण कम्पनीले घोषित लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २८.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) घोषणा गरेको थियो ।