झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २.०६ अंकले घटेर १९६०.८१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुह बढेको छ भने बाँकी ९ वटा उपसमुहमा गिरावट आएको छ ।

मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा पोखरा फाइनान्स लिमिटेड सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ३२ लाख २३ हजार २२३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.२३ प्रतिशतले घटेको छ ।

कुल ३१४ कम्पनीको ५० लाख ६४ हजार ०३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख २ हजार ६२१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।